सौराहामा वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला समापन



नेपालका वन जंगलमा पाइने वन्यजन्तुको स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गोष्ठि समापन भएको छ ।

वन्यजन्तुको स्वास्थ्य हेरविचार गर्नेसम्बन्धी बिज्ञ नेपालमा नभएको अवस्थामा यस्तो कार्यशालाको आयोजना गरिएको हो । बाघ, एसियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी कार्यशाला गोष्ठि सोमबारदेखि सौराहामा सुरु थियो । गोष्ठिमा सहभागी वक्ता तथा बिज्ञहरुले वन्यजन्तुमा महामारीजन्य रोग फैलिए त्यसले ठूलो बिनाश निम्तियाउने चिन्ता व्यक्त गरेका छन् ।

कार्यशालामा वन्यजन्तुको स्वास्थ्य र जीव विज्ञानसम्बन्धी ३३ कार्यपत्र र आठ पोष्टर प्रस्तुत हुने पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा डा शारदा थपलियाले जानकारी दिनुभयो ।

नेपालमा यसअघि वन्यजन्तुको संरक्षण, वासस्थान, व्यवस्थापन र वन्यजन्तु–मानवबिच द्वन्द्वसम्बन्धी विषयलाई मात्र प्राथमिकता दिइँदै आएको बताउँदै प्रा डा थपलियाले पछिल्ला वर्षमा वन्यजन्तु स्वास्थ्यसम्बन्धी विषयको महत्त्व महसुस भएको जानकारी दिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्रा डा हिमाल लुइँटेलले वन्यजन्तुका ६० प्रतिशत रोग मानिसमा र ७० प्रतिशत घरपालुवा जनावरमा सर्ने बताउँँदै मानव, वन्यजन्तु र घरपालुवा जनावरको स्वास्थ्यलाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताए ।

“नेपालमा अहिले बिरामी वा घाइते भइसकेपछि मात्रै वन्यजन्तुको उपचार गर्ने परिपाटी भए पनि त्यो पूर्ण छैन”, लुइँटेलले भने ।


चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा कमल गैरेले बाघ, गैँडा, हात्तीजस्ता वन्यजन्तुको स्वास्थ्य र तिनमा लाग्ने रोगका बारेमा विभिन्न देशका विज्ञको अनुभव आदानप्रदानले वन्यजन्तुको स्वास्थ्यका क्षेत्रमा केही सुधार गर्न सकिने बताए ।


कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मस्त्य विज्ञान संकाय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना भएको कार्यशालामा नेपालसहित चीन, भारत, भियतनाम, इण्डोनेसिया, मंगोलिया, म्यानमा, पाकिस्तान, थाइल्याण्ड, रुस, बेलायत, अमेरिका र अस्ट्रेलियाका ८७ पशु चिकित्सक एवं विज्ञको सहभागिता छ ।

समापन समारोहलाई सम्बोधन गर्दै वन मन्त्रालयको जैविक विविधता तथा वातावरण माहाशाखाका प्रमुख डा.महेश्वर ढकालले स्वस्थ्य वन्यजन्तुका पारिस्थितिकी प्रणालीका लागि वन्यजन्तुमा लाग्ने रोगहरुको अध्ययन अनुसन्धन गर्ने र यसको रोकथाप नियन्त्रण गर्न रणनीति हुनुपर्ने बताए ।

चार दिनसम्म चल्ने कार्यशालाका अवसरमा भ्रमण र प्रयोगात्मक काम पनि गरिने छ ।वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन सम्बन्धि राष्ट्रिय रणनिती बनाउने, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत वन्यजन्तु अस्पताल, कृषि तथा वन विश्वविद्यालयमा रोग पहिचान प्रयोगशाला स्थापना र नयाँ पुस्तालाई वन्यजन्तु संरक्षणमा सहभागि गराउने जस्ता विषयमा छलफल गरी संकल्प लिने उक्त कार्यशालाले लक्ष्य लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics