सौराहामा हात्तीको वनभोज



प्रेम दिवसको दिन फागुन २ गते महोत्सवस्थल चितवनको सौराहामा हात्ती पिकनिक हुने भएको छ । चितवनको सौराहामा माघ २८ देखि फागुन ३ गते सम्मको १२औँे खाना महोत्सव (फुड फेस्टिवल)मा हात्ती वनभोज कार्यक्रम थप गरिएको हो ।

सौराहा खाना महोत्सवका संयोजक कपिल रेग्मीले यसपालि पहिलो पटक खाना महोत्सवमा हात्तीको वनभोज कार्यक्रमसमेत समावेश गरिएको जानकारी दिए ।

यसअघि सौराहाको हात्ती महोत्सवमा आयोजना गरिँदै आएको हात्ती वनभोज यसपालिबाट सौराहा खाना महोत्सवमा समेत सुरु गरिएको हो ।

सो वनभोजमा करिब ६० हात्ती सहभागी गराइने छ । हात्तीलाई उखु, फलफूल, सखर, धानलगायत हात्तीले मनपर्ने खानाहरू राखेर सामूहिक रूपमा खुवाइनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics