डब्लूडब्लूएफको नेपाल प्रतिनिधिमा डा.गुरुङ



विश्व वन्य जन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा डा. घनश्याम गुरुङ छनोट भएका छन् । उनी यसअघि कोषमै वरिष्ठ संरक्षण कार्यक्रम निर्देशकमा कार्यरत थिए ।

गुरुङले पछिल्लो दुई दशकदेखी प्रकृति संरक्षणमा सक्रिया रुपमा काम गरिरहेका छन् । संस्थामा परियोजना ल्याउने र संरक्षणमा योग्दान पुर्‍याउने मुख्य जिम्मेवारी हुने छ ।

प्रतिनिधि अनिल मानन्धरको पदावधि सकिएपछि वासिङटन डिसीस्थित कोषको अन्तर्रा्ष्ट्रिय कार्यालयले छनोट समिति गठन गरी दरखास्त आह्वान गरेको थियो ।

कोषको नेपाल प्रतिनिधि बन्न नेपाल सरकारका उच्च अधिकारीदेखि अवकाशप्राप्त कर्मचारी र विज्ञहरुले आवेदन दिएका थिए। छनोट समितिले प्रतिस्पर्धीमध्येबाट डा. गुरुङलाई छनोट गरेको हो ।

डा. गुरुङले पदभार ग्रहण गरेलगत्तै कोषको रजत जयन्ती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरेर आफ्नो कार्यभार आरम्भ गरेका छन् । संरक्षणविद गुरुङ मुस्ताङका स्थायी बासिन्दा हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics