रेडपाण्डाको डमी सहित दुई पक्राउ

A+ A-



तुलसीपुर उपमहानगरपालिका–९ वेलवाबाट रेडपाण्डाको छालाबाट निर्माण भएको डमीसहित दुई जना पक्राउ परेका छन् ।

सल्यान त्रिवेणी गाउँपालिका–३ टोड्के बस्ने ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ बस्ने ५२ वर्षीय रुपलाल बोहरालाई दुर्लभ रेडपाण्डाको छालाद्वारा निर्मित डमी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त डमी बिक्री गर्न खोजिएको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics