लालबाबु बने वातावरणमन्त्री



वातावरणमन्त्रीमा लालबाबु पण्डित नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डितलाई वातावरण मन्त्री नियुक्त गरेकी हुन ।

पण्डितले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको समथ लिइसकेका छन् । यसअघि पण्डित सामान्य प्रशासनमन्त्री थिए ।

उनले प्रतिनिधिसभा चुनावमा कांग्रेसका चर्चित नेता डा.शेखर कोइरालालाई मोरङ ६ मा हराएका थिए । सामान्य प्रशासन मन्त्री रहँदा उनले प्रशासन सुधारमा उल्लेख्य सुधार प्रयास गरेका थिए । पार्टीमा उनी इमान्दार र शालिन मानिन्छन् ।

सामान्य प्रशासनमन्त्री भएका बेला उनले डीभी चिठ्ठा लिएका कर्मचारीले सरकारी सेवा गर्न नपाउने गरी नियम बनाएका थिए । त्यो नियमपछि केही सचिव, सहसचिव राजिनामा दिएर विदेश जान बाध्य भएका थिए । पण्डित सँगै थममाया थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics