शे–फोक्सुण्डो तालको गहिराइ फेरि मापन हुने



नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ फेरि मापन गरिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ फेरि मापन गरिने जनाएको छ ।

सबैभन्दा पहिला २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन ।

सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १२५ मिटर मात्र भएको तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो ।

स्थानीयवासीले दुर्गम जिल्लाका सर्वसाधारणलाई जानकारी नै नदिई विभागका नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics