रेडपाण्डाको छाला बेच्ने पक्राउ

A+ A-



रेडपाण्डाको छाला विक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ।

संखुवासभा नुनडाकी गाविस घर भई हाल कपन बस्दै आएका २१ वर्षीय पेम्वा तामाङ र बाग्लुङको ग्वालीचौर–२ घर भई नेपालटार बस्दै आएका २२ वर्षीय किरण केसी पक्राउ परेका छन् ।

प्रहरी सहायक निरीक्षक सागर थापाको नेतृत्वमा खेटिएको प्रहरी टोलीले खोजतलास गर्दा गोकर्णेश्वर–८, अत्तरखेलबाट उनीहरूलाई एक थान रेडपाण्डाको छालासहित नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस अघि पनि फागुन ३ गते रेडपाण्डाको छालाबाट निर्माण भएको डमीसहति दुई जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

web
analytics