सकिँदै बाघ गणना



तीन महिना अघि सुरु भएको बाघ गणनाको फिल्डको काम सकिन लागेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले अबको पाँच दिनमा सबै निकुञ्ज र मध्यवर्ती क्षेत्रको फिल्डको काम सकिने जानकारी दिए । उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको फिल्डको काम सकाइ सकेको छ । बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फिल्डको काम ५ दिनमा सकिने छ । फिल्डको काम सकेपछि कैद भएका सबै तस्वीर मध्येबाट बाघको मात्र तस्बिर पहिचान गरिनेछ । फिल्डको काम सकिए पछि प्रविधिकहरुले ‘अकुपेन्सी सभेर्’को काम गर्छेन ।

‘अकुपेन्सी सर्भेमा बाघको दिसा, पिसाब, आहार प्रजाति, छाला, पाइतालाको छापलगायत हेरिने छ, पौडेलले भने । बाघ गणनामा एक हजार २ सय वटा क्यामरा प्रयोग गरिएको छ । विभागका अनुसार बाघ गणनाको नतिजा भने बैशाख पहिलो साता मनाइने वन्यजन्तु सप्ताहमा सार्वजनिक गरिनेछ ।

वन मन्त्रालयको जैविक–विवधता तथा वातावरण महाशाखा प्रमुख सहसचिव डा.महेश्वर ढकालले बाघ संरक्षणका लागि अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले भने, ‘स्थानीय समुदाय र भारतसँग मिलेर संरक्षणको काम गर्न सके बाघ संरक्षण उपलब्धिमुलक हुन सक्छ ।’ ढकालका अनुसार बाघ संरक्षणका लागि मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको चोरी शिकारी र अवैध व्यापार, विकास र संरक्षणबीच असन्तुलन र जलवायु परिवर्तनले निम्ताएको समस्या मुख्य चुनौतिका रूपमा देखा परेको छ । पछिल्लो समयमा पानीको मुहानहरू सुक्दै जाँदा र घाँसे मैदानको अभावमा बाघलाई आहारको समस्या भएको छ ।

जैविक विवधता संरक्षणमा बाघको अपस्थितीलाई स्वास्थ्य पारिस्थितिकीय प्रणालीका सूचकांक मानिन्छन् । बाघको पारिस्थितिकीय उपस्थिती बिना प्रणाली अधुरो नै रहन्छ । बाघलाई टाढाबाट पनि चिन्न सकिन्छ । त्यसैले बाघको संख्या बृद्धिको लागि बास्थानामा सुधार, आहारको व्यवस्थापन, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिइएको छ ।

बाघ गणनाको लागि क्यामरा अष्ट्रिया, स्विजरल्यान्ड, फ्रान्स र जर्मनीबाट ल्याइएको थियो भने बाघ गणनामा खटिने प्राविधिक सबै नेपाली नै छन् । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निुकञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बसोबास रहेको छ ।

विश्वको नेपाल सहित १३ ठाउँमा बाघ पाहिन्छ । बाघको बादर , मृग र बँदेल लगायतको वन्यजन्तु आहार हो । हरेक पाँच वर्षमा गरिँदै आएको बाघको गणना यसअघि सन् २०१३ मा गरिएको थियो । त्यसक्रममा नेपालमा बयस्क बाघको संख्या १९८ देखिएको थियो । यो पटक बाघको संख्या बढ्ने संकेत देखिएको जानकारहरू बताउँछन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics