वन प्राविधिक संघले मन्त्रालयको ध्यानाकर्षण गरायो



नेपाल वन प्राविधिक संघ (एनएफए) ले वन तथा वातावरण मन्त्रालयको संरचना बनाउदा आफूहरुलाई नसमेटेको भन्दै दुखमनाउ गरेको छ ।

संघले शुक्रवार विज्ञप्तिमार्फत् वन तथा वातावरण मन्त्रालयको संरचना बनाउदा संघसहित नेफ्टा र आधिकारिक ट्रेड युनियनको उपस्थिति अनिवार्य गर्न माग गर्दै मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएको हो ।

एनएफएले प्रदेशअन्र्गत्का मन्त्रालयका संरचनालाई बलियो बनाउने भनी विगतमा पटक पटक छलफल गरिएकाले प्रदेश वन मन्त्रालय र प्रदेशको वन विभागलाई पूर्ण रूपले अधिकारसम्पन्न गर्नेगरी संगठन बनाउन पनि माग गरेको छ । उसले मन्त्रालयको संरचना प्रस्ताव गर्दा जलाधार तथा वातावरण महाशाखाको प्रमुखमा वन सेवा भन्दा बाहिरका व्यक्तिलाई ल्याउने तयारी प्रति आपत्ति जनाएको छ । नयाँ बन्ने संरचनाको प्रमुखमा सहसचिवलाई नै प्रमुख बनाउने प्रस्ताव गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष शेखर यादब र महासचिव विष्णुप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



एनएफएले राष्टपति चुरे, वनस्पति, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको नेतृत्व सचिवले गर्नु सान्दर्भिक हुनेसमेत ध्यानाकर्षण गराएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics