बैशाखमा ‘रारा – कर्णाली ’ महोत्सव

बैशाख १ गतेबाट ‘रारा –कर्णली पर्यटन वर्ष –२०७५ ’ महोत्सको सुरुवात हुने भएको छ ।

कर्णली प्रेदेशको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने प्रदेश सरकारको निर्णय बमोजिम शनिबार बसेको मन्त्रीपरिषद् बैठकले महोत्सको तयारीका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति समेत गठन गरेको छ ।

रारा–कर्णाली पर्यटन वर्षका लागि प्रधानमन्त्रीका साथै संघका सबैमन्त्री, विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics