चट्याङ : ठूलो क्षति, न्यून सावधानी


बाढी, पहिरो तथा महामारी जस्ता प्राकृतिक विपद्हरुबाट वर्षेनी  सयौं मानिसहरूले ज्यान गुमाइरहेका छन् । कुनै निश्चित समयमा तथा मौसमी अवस्था केन्द्रित यी प्राकृति विपद्हरुको पूर्वतयारी तथा अल्पीकरणका उपायहरू अवलम्बन गर्न अधिकतम ध्यान आकृष्ट भैरहदा, वर्षभरी बाढी पहिरो जति नै क्षति पुर्‍याएको चट्याङ प्रति खासै पूर्वतयारी तथा जनचेतना फैलाउन पर्यत्न भएको पाइँदैन ।वर्षभरी जसो नै चट्याङबाट मानिसको मृत्यु भइरहेको तथ्याङ्कले देखाउदछ । यद्यपी चैत्र, वैशाख र ज्येष्ठ महिनामा अधिकतम घटना भएको पाइएको छ ।


वैज्ञानिकहरूका अनुसार, वायुमण्डलमा तिव्र गतिमा वायु तल- माथि भइरहदा घर्षण विकास भई हावाले बादल भित्र विद्युतीय तरङ्ग अत्पादन गर्दछ ।पानी र हिउँका थोपाहरूमा भएका विद्युतकण “इलेक्ट्रन“ हरू बादलको तल्लो तहमा जम्मा भई विद्युतीय ऋणात्मक शक्ति “चार्ज“ को विकास हुन्छ । विद्युतीय धनात्मक शक्ति “चार्ज“ को विकास बादलको माथिल्लो सतहमा भएको हुन्छ । अत्याधिक मात्रामा ऋणात्मक शक्ति “चार्ज“ बादलको तल्लो तहमा थुप्रिएर बसेका हुन्छन् । जब पृथ्वीको सतहमा तिव्र गतिका हावा वहन थाल्दछ त्यति नै वेला बादलमा भएका ऋणात्मक शक्ति “चार्ज“ हरूले जमिनमा भएका धनात्मक शक्ति “चार्ज“ लाई तान्नको लागि एकखाले बाटो बनाइरहेका हुन्छन् र जुन बेला ऋणात्मक शक्ति “चार्ज“ जमिनको सतहको नजिकै पुग्दछ त्यतिनै बेला जमिनमा रहेका धनात्मक शक्ति “चार्ज“ माथि आई जोडिन पुग्दछन र विद्युतिय तरङ्ग उत्पादन भई चट्याङ पर्दछ ।


गृह मन्त्रालयका अनुसार वि.सं. २०६८ सालमा प्राकृतिक प्रकोपबाट ५ सय १९ जनाको मृत्यु हुँदा बाढीबाट १ सय २६ जना, पहिरोबाट १ सय १३ जना तथा चट्याङबाट १ सय ३ जनाको मृत्यु भएको छ र सोहि वर्ष चट्याङ्बाट अधिकतम २ सय ९३ जना घाइते भएका थिए ।त्यस्तै २०६९ सालमा चट्याङबाट अधिकतम १ सय ३१ जनाको मृत्यु भएको छ, सोहि वर्ष पहिरोबाट ६८ जना, बाढीबाट ९ जना तथा अन्य विपदबाट १ सय ९१ जना गरी जम्मा ३ सय ९९ जनाको मृत्यु भएको साथै चट्याङबाट अधिकतम २ सय ३२ जना घाइते भएको तथ्याङ्क अपलव्ध छ ।



२०७० सालमा बाढीबाट १ सय ३१ जनाको मृत्यु र दोस्रोमा चट्याङबाट १ सय ११ जनाको मृत्यु भएको छ । पहिरोबाट ७९ जना र अन्य विपदमा परी ९६ जना गरी जम्मा ४ सय १७ जनाले ज्यान गुमाएका छन् र यो वर्ष पनि चट्याङबाट अधिकतम १ सय ९८ जना घाइते भएको पाइएको छ ।यसैगरी २०७१ सालमा बाढीबाट १ सय २९ जनाले ज्यान गुमाउँदै गर्दा चट्याङबाट १ सय २८ जनाको मृत्यु भएको छ । बाढीबाट १ सय १६ जना र अन्य विपदबाट १ सय ६६ जना गरी जम्मा ५ सय ३९ जनाको मृत्यु भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।



२०७२ सालमा प्रलयकारी महाभूकम्पबाट ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका छन् ।पहिरोबाट १ सय ३१ जना, चट्याङबाट ८० जना र अन्य ८५ जना गरी जम्मा ९ हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्याङ्क पाइएको छ ।वर्ष २०७३ मा पहिरोबाट धेरै १ सय ४७ जनाको र चट्याङबाट १ सय १५ जनाको मृत्यु भएको छ । बाढीबाट १ सय १ जनाको र अन्य विपदबाट १ सय ६३ जना गरी जम्मा ५ सय २६ जनाको मृत्यु हुँदा चट्याङबाट अधिकतम २ सय ८० जना घाइते भएका छन् ।



विगत ६ वर्ष (२०६८(२०७३) को बाढी, पहिरो र चट्याङबाट भएको मृत्युको तथ्याङ्कलाई समष्टिगत रूपमा हेर्दा चट्याङबाट अधिकतम ६ सय ६८ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोबाट ६ सय ५४ जना र बाढीबाट ४ सय ९६ जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाई छ । प्राकृतिक विपदबाट भएका घाइतेको कुरा गर्ने हो भने हरेक वर्ष जसो नै चट्याङबाट अत्याधिक मानिस घाइते भएका छन् । ती घाइतेहरू मध्ये पनि कति ठिक भए वा कति को मृत्यु भयो भन्ने यथेष्ट तथ्याङ्क उपलब्ध छैन् तसर्थ मृतकको संख्या बढ्न सक्ने अनुमान लगाउन सकिन्छ।



माथि उल्लेखित तथ्याङ्कलाई आधार मान्दा चट्याङबाट बाढी, पहिरो कै हाराहारीमा मानिसको ज्यान गएको छ । छिटपुट तथा दैनिक जसो भइरहने चट्याङका घटनाका बारेमा खासै ध्यान गएको पाइदैन् । पहाडि क्षेत्रमा अधिकतम चट्याङका घटना भएको पाइन्छ यद्यपी तराईमा पनि केहि मात्रामा मानिसले चट्याङबाट ज्यान गुमाएका छन्।
१‍‌‍‌- चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक बस्नु हुँदैन र अग्ला रुखमुनि ओत नलाग्ने ।
२- घर भित्र भए झ्याल तथा ढोका बन्द गरेर बस्ने ।
३- विद्युतीय सामाग्रीहरू तथा विद्युत् आपूर्ति बन्द गर्ने, मोबाइल, टेलिफोनको सकभर न्यूनतम मात्रामा प्रयोग गर्ने ।
४-विद्युत् सम्प्रेषण गर्ने पदार्थबाट बनेका गर(गहना तथा भबचउजयलभ, जभबमकभत आदि शरीरबाट उतार्ने ।
५- खाली खुट्टा जमिनमा नटेक्ने तथा फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिनेस सकभर रबर, काठ र प्लास्टिक सामाग्रीहरूको प्रयोग गर्ने ।
६ -स्नान कार्य रोक्ने तथा खोला, ताल तथा तलाउमा भए बाहिर निस्कने ।
७ -चट्याङ पर्दा ठूलो आवाज आउने हुनाले सकभर कान थुनेर बस्ने ।
८- दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहने ।
९ -घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने ।
१०-प्रायजसो जमिन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा चट्याङ पर्ने हुँदा विशेष सजग रहने।

सुवास ज्ञवाली

प्रतिक्रिया दिनुहोस

web
analytics