सुरु भयो गिद्ध संरक्षण अभियान



गिद्ध संरक्षणका लागि नवलपरासी ( बर्दघाट– सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान थालिएको छ ।

गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम राखी कावासोती नगरपालिका–८ मा गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरण अनुसारको स्थानमा संरक्षण गरिएको छ ।

सुरुमा ७२ गिद्ध रहेको सो स्थानमा अहिले २१७ सम्म गिद्ध गणना गरिएकोे छ । पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics