बैतडीमा चितुवा मृत फेला




बैतडीको तल्लोस्वराडमा मगलबार एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मरेको अवस्थामा फेला परेको जनाएको छ ।

खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि मगलबार बिहानै प्रहरीलाई खबर गरेको थियो ।चितुवा सडेको अवस्थामा रहेकाले दुई तीन दिन अगाडि नै मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव परीक्षणपश्चात् मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुनेछ ।

मेलौली नगरपालिकाका विभिन्न ठाउँमा चितुवाले आक्रमण गरी धेरैको ज्यान लिइसकेको छ । चितुवाले २०६८ सालयता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics