भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन



चर्चित भौतिकशास्त्री स्टीफन हकिङ्गका ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो ।

हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी महान् वैज्ञानिक र असाधारण व्यक्तित्व थिए । उनको काम र विरासत धेरै वर्षसम्म जीवित रहनेछ ।

हकिङ्गको जन्म सन् १९४२ को जनवरी ८ मा बेलयातको अक्सफर्डसायरमा भएको थियो ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics