आजबाट देशैभर २० वर्ष पुराना गाडी प्रतिवन्ध



आजदेखि देशैभर २० वर्ष पुरानो सार्वजनिक यातायातका साधनलाई सरकारले पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने जानकारी दिए ।

वायु प्रदूषणको साथै सवारी दुर्घटना बढ्न थालेपछि देशभर चलिरहेको २० वर्ष पुराना सवारी साधनका चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।

हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ ।

विभागले गत वर्ष फागुनदेखि नै काठमाडौँ उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । .

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics