धरहरा बनाउन स्थानीयको दबाबमुलक अभियान



'मेरो धरहरा मै बनाउँछु' अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौँको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेकने छ ।

स्थानीयले हाम्रो राष्ट्रिय सम्पदा जोगाऔँ, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौँ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका छन् । साथै उनीहरूले 'मेरो धरहरा मै बनाउँछु' अभियानमा ५१ हजार १ सय १ रुपैंया पनि जम्मा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

खिचापोखरी युवा क्लबसहित स्थानीयहरू मनोज शम्सेर जवरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति नै बनाएर उक्त अभियान अगाडि बढाइएको छ ।

यो सांकेतिक सुरुवात हो, हामी लाखौँको हस्ताक्षर संकलन गरेर धरहरा बनाउने अभियानमा लागेका छौँ । धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ  स्थानीय वेदप्रकाश गौतम  जानकारी दिए ।

यस्तै खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा ढलेपछि भूकम्पको त्रास बढेको र त्यसलाई मेटाउन पनि धरहरा तत्काल बन्नुपर्ने बताए ।

स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् । यसअघि धरहराको दक्षिणतर्फ रहेको जग्गामा भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन बनाउन लागेकोमा स्थानीयले विरोध गर्दै महानगरबाट नै त्यस कार्यलाई रोकेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics