यसरी मनाइयो ‘सामाजिक कार्य ‘ दिवस

नेपालमा १२औं विश्व सामाजिक कार्य दिवस ६वटा विश्वविधालयले विभिन्न कार्यक्रम गरेर मनाएका छन् । ‘सामुदायिक एवं वातावरणीय दिगोपन प्रवर्द्धन ′ नाराको साथ यो वर्ष ७५वटा कलेजले सयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सामाजिका कार्य दिवस मनाइएको हो ।

आयोजकका अनुसार पेशागत पहिचान सरकारी स्तरबाटै हुनुपर्ने र साथै सामाजिक कार्यको महत्व बुझाउन कार्यक्रममा मुख्य उद्देश्य  रहेकाे छ ।  कार्यक्रममा १००० भन्दा बढी सामाजिक कार्यकर्ता , ६००० भन्दा बढी सामाजिक कार्य अध्ययनरत बिद्यार्थी र २०० सय भन्दा बढी सामाजिक संघ संस्थाहरू सहभागी भएका थिए ।

सामाजिका कार्यकाे कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाले देश बनाउने सपना बुन्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले पसिना चुहाएर, श्रम गरेर के गर्‍यौ भन्ने विषयमा गम्भीरतापूर्वक समिक्षा गर्न आजको आवश्यकता छ । '

सामाजिक कार्य अध्ययनरत बिद्यार्थीको क्षमता अभिबृद्धिको लागि कला प्रतियोगिता, शैक्षिक लेख प्रतियोगिता र शैक्षिक बक्तित्वकाल प्रतियोगिता पनि आयोजना गरिएको थियो । सामाजिक कार्य अध्ययनरत बिद्यार्थीले देशको संस्कृति झलकालउने झाँकी प्रस्तुति , विभिन्न जातजाति ,भाषाभाषी र धर्म संस्कृति झल्क्ने अनौपचारिक आकर्षक प्रस्तुति गरेका थिए । कार्यक्रममा सरकारी ,गैर सरकारी एवं अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्थाको जानकारी मुलक स्टलहरु पनि थियो ।

विश्वमा १२औं सामाजिक कार्य मनाए पनि नेपालमा भने विगत ३ वर्ष देखी विभिन्न विश्वविद्यालय मिलेर संयुक्त रूपमा सामाजिक कार्य दिवस मनाउँदै आएको छ । अन्य देशमा लाइसन्स प्राप्त गरेर सामाजिक कार्य गरिन्छ भने नेपालमा लाइन्स नहुँदा यो पेसा ओझेलमा परेको छ । समाजिक कार्य दिवसको केहि झलकहरु :





















तस्बिरहरु : जीवन केसी , सोरुप कार्की

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics