बाघको आक्रमणबाट मृत्यु



मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार बाघको आक्रकणबाट एकजनाको मृत्यु भएको छ ।

मनहरी -७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको गाउँ छिरेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घरनजिकै घास काट्न गएको समयमा बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् ।

आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics