चितवन निकुञ्जमा पर्यटक बढे



चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

निकुञ्जका सूचना  अधिकारी नुरेन्द्र अर्यालका अनुसार आथिक वर्षमा २०७२/७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताए । चालू आवको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३६६ जना निकुञ्ज प्रवेश गरेका छन् । गत आथिक वर्षमा ८७ हजार १९० विदेशी, १५ हजार ८७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आर्थिक वर्षमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

हालसम्मकै सबैभन्दा बढी आर्थिक वष २०७१÷७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो । चितवन वाईल्डलाईफ सफारीका लागि विश्वका १० निकुञ्जभित्र पर्छ । यो निकुञ्जमा विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा धेरै प्रजातिका स्तनधारी प्राणी, ६०० भन्दा बढी प्रजातीका चराचुरूङ्गीहरु पाइन्छन् ।

बाघ पाइने १३ देशमध्ये सबैभन्दा छिटो र सहज तरिकाले चितवन र बर्दियामा बाघ देख्न सकिन्छ । बाघको हब हो चितवन । बाघको आहार प्रजाति पनि चितवनमा धेरै छन् । चितवनमा बाघ र गैंडा पर्यटकका मुख्य आकर्षण हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा भएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics