रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन



प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएको हो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन ।

“कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भने “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताए ।

हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले महासंघले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव नपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताए ।

भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्ध्घोष गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics