१३३ वन्यजन्तु सडक दुर्घटनाको शिकार

(फोटोसप तस्बिर )


गत आर्थिक वर्ष २०७३/७४मा निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा भएको सडक  दुर्घटनाबाट मात्रै एकसय ३३ वटा वन्यजन्तु मरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार,  सडक दुघर्टनाबाट सबैभन्दा धेरै वन्यजन्तु बर्दिया राष्ट्रिय निकुञ्जमा मरेका छन् । गत आर्थिक वर्षमा बर्दियामा मात्रै ६६ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परी मरेका छन् ।

मरेका ६६ मध्ये ३८ वटा चित्तल रहेका छ ।त्यस्तै ४ वटा रतुवा , बंदेल ७ वटा , लंगुर ५ वटा ,जरायो ५ वटा ,सर्प एउटा , बाँदर २ वटा, खरायो एउटा, बाघ एउटा तथा दुम्सी र अजिङ्गर समेत एउटा -एउटा मरेका छन् ।

बर्दिया निकुञ्जको अम्रेनीदेखि चिसापानीसम्म १४ किमिमा पूर्वपश्चिम राजमार्ग पर्छ । सैनावारदेखि बनियाभारसम्मको झन्दै १२ किमि लामो राजमार्ग क्षेत्र निकुञ्जको जंगलले ढाकेको छ । त्यसैले पनि हरेक वर्ष अन्य निकुञ्जको तुलनामा यस निकुञ्जमा धेरै वन्यजन्तु सडक  दुर्घटनामा मर्ने गरेका छन् ।बर्दिया पछि बाँके राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै वन्यजन्तु राजमार्ग दुर्घटनामा मरेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ५८ वटा वन्यजन्तु मरेका छन् जसमध्ये बँदेल २१ वटा, चित्तल १० वटा, बाँदर ९ वटा, नील गाई २, वन कुकुर २, अजिंगर २ वटा छन् । यसैगरी मलसाप्रो २ वटा, दुम्सी ५वटा, खरायो र सुनगोहोरा एक एकवटा मरेका छन् ।

त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जको राजमार्ग दुर्घटना ७ वटा वन्यजन्तु मरेका छन् । पर्सा निकुञ्जमा २ वटा चित्तल, बँदेल २ वटा ,जरायो एउटा -एउटा लगुना र बाँदर मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा राजमार्ग दुघर्टनाबाट एउटा चित्तल मरेको छ । यसैगरी लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि दुर्घटनामा परी एउटा रतुवा मृगको मरेको छ ।

वन्यजन्तु विज्ञ नरेश सुवेदीका अनुसार वातावरण अनुकूल विकास नहुँदा राजमार्ग दुर्घटना बढेको हो। हाल नेपालमा ओभर पास (वन्यजन्तु माथिबाट आवतजावत गर्ने बाटो)र अन्डर पास (वन्यजन्तु तलबाट आवतजावत गर्ने बाटो) नहुँदा यो समस्या जटिल बन्दै गएको हो ।

वन्यजन्तु संरक्षणलाई मध्यनजर गर्दै संसारका विभिन्न देशले ओभर पास र अन्डर पास बनाउने प्रचलन छ नेपालमा भने यसको योजना रहेपनि ओभर पास र अन्डर पास भने बनेका छैनन् ।कोशीटप्पु वन्यजन्तु आरक्ष, कृष्णसार संरक्षण क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सडक दुर्घटनाबाट एउटा पनि वन्यजन्तुको मरेका छैनन् ।
<वन्यजन्तुमैत्री विकास नहुँददा वन्यजन्तुमा धेरै असर हुँदै आएको छ। गत आर्थिक वर्षमा घोल/नहरमा ७ वटा वन्यजन्तु मरेका थिए । चितवन राष्ट्रिय निकुञजमा एउटा गैंडा र बर्दिया राष्ट्रिय निकुञ्जमा ६वटा वन्यजन्तु घोल/नहरमा डुबेर मरेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार, वन्यजन्तुको मृत्यु हुने सबैभन्दा मूख्य कारण प्राकृतिक हो भने दोस्रोमा सडक दुर्घटना हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ का राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा,बाघ,हात्ती,कस्तृरी मृग,ध्वांसे चितुवा वा गौंरीलाई मार्ने,घाइते बनाउने व्यतिलाई  पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।त्यस्तै संरक्षित बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ ।अधिकांश वन्यजन्तु मारेर चालकहरू भाग्ने भएकोले थौरै मात्र कारवाहीमा पर्छन् ।बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्ष ६६ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे तर १० वटा मात्र मुदा दर्ता भएको छ ।

बर्दिया निकुञ्जमा १० वटा मध्ये बाघ मार्नेको ५० हजार रुपैयाँ जरिवाना फैसला भएको छ भने बाँकी फैसला भएको छैन ।बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३८ वटा चित्तल राजमार्ग दुर्घटनामा मरेका थिए ।चित्तल र बँदेल बाटो काट्दा खेरी हुलमा काट्ने हुँदा सवारीसाधनले यिनीहरूलाई ठक्कर दिँदै भाग्ने गरेको पाइन्छ ।
रार्जमार्ग दुर्घटना प्रायः रातिको समयमा धेरै हुने गर्छ । निकुञ्ज भित्र गाडि चलाउने चालकले  तीव्र  गतिमा साधन चलाउने र वन्यजन्तुको महत्व नबुझ्दा सडक दुर्घटनामा वन्यजन्तु मरेको पाइन्छ ।वन्यजन्तु सडक वारपार गदैं विचरण गर्ने गरेको कारण राजमार्ग दुर्घटना पछिल्ला दिनहरूमा बढेको विज्ञहरू बताउदैछन् ।गत आर्थिक वर्षमा मात्रै संरक्षित क्षेत्रहरूमा ३ सय ३६ वटा वन्यजन्तु मरेका थिए । जसमध्ये राजमार्ग दुर्घटनामा १सय ३३, पासो/जालमा परेर ४ वटा, विद्युतीय करेन्टबाट ५ वटा, हातहतियारको प्रयोगबाट एउटा , घोल /नहरमा डुबेर ७ वटा, कुकुर र अन्य जनावरको आक्रमणबाट २६ र प्राकृतिक कारणले एसय ४९ वटा रहेका छन्  ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics