दुई चिनियाँ नागरिक सालकको खपटा तस्करीमा समातिए



४० वर्षीय क्वी जिओरोङ र  ३४ वर्षीय  क्वी लिबाओ  चिनियाँ नागरिक  नेपाल ल्याएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित  पक्राउ परेका छन् ।

टर्कीको इस्तानवुलबाट हवाई मार्गको प्रयोग गरी  सोमबार दिउँसो टर्किस एयरलाइन्सको उडान नं. टी के ०७२६ मार्फत उनीहरु काठमाडौं आएका थिए ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्सरेमा चेकजाँच गर्ने क्रममा १ सय ६२ केजी सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीहरुले ल्याएको खपटा अफ्रिकाको कंगोमा खरिद भएको र नेपाल हुँदै चिनमा विक्रीका लागि लाने तयारी भएको खुलेको सीआईबीले जनाएको छ ।

तस्करीमा कङ्गो, चिनियाँ, बङ्गलादेशी र नेपाली नागरिकको गिरोह संलग्न भएको प्रहरीको भनाइ छ ।   उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics