घरको फोहोर आँगनमा फालेर सफा वातावरण नमागौंः मन्त्री बस्नेत

A+ A-



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घरभित्रको फोहोर आँगनमा फालेर ‘स्वच्छ वातावरणको माग गर्ने संस्कार त्याग्न नागरिकलाई आग्रह गरेका छन् ।
टेकिङ व्यवसायीहरूको संगठन टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा सुरु भएको ‘आत्मनिर्भर पर्यटनका लागि सफा वातावरण’ नामक सरसफाई तथा जनचेतना कार्यक्रमको शनिबार पर्यटकीय नगरी ठमेलमा उद्घाटन गर्दै मन्त्री बस्नेतले नागरिकको सहभागिताबिना वातावरण स्वच्छ हुनै नसक्ने स्पष्ट गरे ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरेको चर्चा गर्दै उहाँले नागरिक र सरकारको सहकार्यमा वातावरण स्वच्छ बनाउुपर्नेमा जोड दिए ।‘संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ’, मन्त्री बस्नेतले भने, ‘नागरिकले आफ्नो घरभित्रको फोहोर आँगनमा फालेर स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको माग गर्ने हो भने वातावरण स्वच्छ हुन सक्दैन ।’ उनले आफ्नो घर तथा वरिपरिको फोहोर आफैँ सफा गर्ने संस्कारको विकास गर्न सकिए वातावरणीय प्रदूषण रोक्न कठिनाई नहुने स्पष्ट गरे ।

कार्यक्रममा मन्त्री बस्नेत आफैँ सहभागी भएर फोहोर सङ्कलन गरेका थिए । यस्तै टानका अध्यक्ष नवराज दाहालले ठमेलबाट सुरु भएको अभियान देशैभर फैलाउने बताए।आफूहरूको अभियान प्रचारका लागि मात्र नभई काम गर्नकै लागि भन्दै दाहालले काठमाण्डुको मात्र नभई धवलागिरी हिमालसम्मको फोहोर सफा नगरी अभियान नरोकिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics