बँदेलको आक्रमणमा परी वन अधिकृत घाइते



जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव बँदेलको आक्रमणमा परी आइतबार गम्भीर घाइते भएका छन् ।

जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको बताए ।

घाँटीनेरको भागमा गम्भीर चोट लागेको ठगुन्नाले बताए । गम्भीर घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लगिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics