इलाममा चैत २९ देखि सूर्योदय सडक महोत्सव



पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरमा चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।

पर्यटन विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गरिएको हो ।  दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार यो वर्षको महोत्सवमा डेढ लाख पर्यटक भित्रयाउने लक्ष्य लिइएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीयस्तरमा उत्पादित कृषिजन्यउपज, घरेल उद्योगबाट उत्पादित वस्तु तथा व्यावसायिक कक्षसहित १०० वटा कक्ष रहने आयोजक समितिले जनाएको छ ।

यस्तै महोत्सवलाई भव्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकार नवीन के भट्टराई, इन्दिरा जोशीसहित विभिन्न ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । महोत्सवले सूर्योदय नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थल कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने त्यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics