जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मंगलबार देखि अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएको छ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एसोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्रा्ष्ट्रिय सम्मेलन हुन लागेको हो।

सोफेनका अध्यक्ष रामदीप साहले बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र औद्योगीकरणको प्रभावले वायुमण्डलमा थपिँदै गएको कार्बन मनोअक्साइड, कार्बन डाईअक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको बेला सम्मेलन गर्न लागिएको बताए।

सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत ५ सय विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics