ओलीले भने-इमान्दार हुनुस् बहानाबाजी होइन



वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले वन प्रशासन र कर्मचारीलाई आफैबाट सुध्रिदै इमान्दारिता कायम गर्न निर्देशन दिएका छन् । सोमबार बिहान मन्त्रालयमा पद बहाली गर्दै ओलीले संविधान, नियम र कानुनको अधिनमा रही इमान्दारिताकासाथ जिम्मेवारी निर्वाह गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

लामो समय वन मन्त्रालयमा सहसचिव रहेर काम गरेका ओली पहिलो पटक वनमा सचिव भएर आएका हुन् । पहिले आफू इमान्दार बन्नुहोस् । "आफैमा सुधार गर्नुहोस् विधि र कानुनलाई सही रूपमा पालना गर्नुहोस्," उनले भने ।

उनले विदेश भ्रमण तथा बिदा बस्दा अनेक बहाना बनाउने परम्परा र अभ्यास त्याग्नसमेत सुझाव दिएका छन् । उनले वन प्रशासन सुधारका लागि सबैको साथ र पहल महत्वपूर्ण रहेको बताउँदै इमान्दार रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

डा. ओलीले वन तथा वातावरण सचिवका रूपमा जिम्मेवारी लिएपछि वन वातावरणका सरोकारवालाहरु उत्साहित भएका छन् । वन र वातावरण क्षेत्र बुझेको व्यक्ति आउनु यो सिंगो क्षेत्रका लागि नै उत्साहको विषय भएको उनीहरूको प्रतिकृया छ ।

संघीय संरचनामा वन तथा वातावरण क्षेत्रको मुद्दा पेचिलो बनिरहेको अवस्थामा उनको उपस्थितीले मुद्दाको सही व्यवस्थापन र दीर्घकालीन संरक्षण र उपयोगका नीति अवलम्बन गर्ने अपेक्षा सरोकारवालाको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics