२३औं वन्यजन्तु सप्ताह मनाइँदै



समृद्धिको लागि वन्यजन्तु संरक्षण नाराका साथ राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले बैशाख १ गते देखि ७गते सम्म २३औं वन्यजन्तु सप्ताह मनाउने भएको छ ।

वन्यजन्तु सप्ताहमा चरा अवलोकन, माध्यमिक तहसम्मका विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता र जलवायु परिवर्तन र वन्यजन्तु संरक्षण सम्बन्धी अन्तक्रिया लगायतको कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउने लागिएको हो ।

विभागका अनुसार वन्यजन्तुको सप्ताहको मुख्य उदेश्य भनेको वन्यजन्तुको संरक्षण जनचेतना अभिृद्धिको लागि रहेको छ ।

२०५३ साल देखि विभागको नेतृत्वमा निरन्तर हरेक वर्ष नयाँ वर्षको पहिलो सप्ताहसम्म संरक्षणमा जनसहभागिता जनाउन वन्यजन्तु सप्ताह मनाइँदै आएको छ । वन्यजन्तु सप्ताह केन्द्र सहित सबै सरक्षित क्षेत्रहरूमा मनाइन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics