आन्दोलनमा उत्रिने वन प्राविधिकको चेतावनी



वन प्राविधिकहरुले आफ्नो पेशाको सुरक्षा नभएको भन्दै फिल्ड छोडेर सडरमुकाममा केन्द्रित हुने चेतावनी दिएका छन् ।

नेपाल वन प्राविधिक संघले बुधबार वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरूको सुरक्षाको विषयमा सरकारले गरेको प्रतिबद्धता पुरा नभएकोमा आक्रोष व्यक्त गरेको छ ।

बुधबार मन्त्रीलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा वन प्राविधिक माथि निरन्तर आक्रमण बढिरहेकोमा चिन्ता व्यक्त गरिएको छ । नेपाल वन प्राविधिक संघका महासचिव विष्णुप्रसाद आचार्यले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मन्त्रीले समेत दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपनि त्यसबारे कुनै पहल नभएको उल्लेख छ ।

केही दिनअघि मात्रै वनकर्मी नारायण श्रेष्ठ माथि आक्रमण भएको भएको थियो । लगत्तै मंगलबार रामेछापका जिल्ला वन अधिकृत राम बिचारी ठाकुर माथि केहि ठेकेदारले दुव्र्यवहार गरेकोमा एनएफएले आपत्ती जनाएको हो ।

घटनामा दोषीलाई कारवाहीको माग र कर्मचारीको सुरक्षाको बिषयमा लिखित तथा मौखिक जानकारी गराएपनि सरकारबाट आवश्यक कारवाहीको पहल नभएको अवस्थामा देश भरीका प्राविधिकहरू तुरुन्त सडकमा जानुको विकल्प नभएको चेतावनी पनि पत्रमा दिइएको छ ।

पत्रमा भनिएको छ, ''राज्यको संक्रमणकलिन अवस्थाको नाजायज फाइदा उठाउँदै केहि सिमित भरका व्यक्ति हरूले समग्र प्राकृतिक श्रोत माथि अन्धाधुन्द दोहन गर्ने र ति गलत तथा अवैध काम रोक्न खोज्ने कर्मचारी माथि सांघतिक आक्रमण गर्ने क्रम तीव्र गतिमा बढिरहेको छ । साथै देशभरिका वन प्राविधिकहरूलाई आफ्नो पेशागत मर्यादा र नैतिक आचरण भित्र रहँदै काम गर्दे आफ्नो र पेशागत मर्यादा को रक्षाको लागि तयार रहन आग्रह गर्दछौ ।"

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics