यस्तो हुँदै छ पोखरामा वन्यजन्तु सप्ताह



समृद्धिका लागि वन्यजन्तु नाराका साथ २३औैं राष्ट्रिय वन्यजन्तु सप्ताह पोखरामा र्‍याली, अन्तक्रिया र विभिन्न प्रतिस्पर्धा लगायतका कार्यक्रम गरेर मनाउन लागिएको छ ।

वन्यजन्तु सप्ताहलाई निरन्तरता  दिँदै वन्यजन्तु सम्बन्धी जनचेतना फैलाउन सप्ताह मनाउन लागिएकाे हो ।

पहिलो देखी सातौँ दिन सम्म मनाउने विभिन्न कार्यक्रम 'इन्स्टिच्युट अफ फरेस्ट्री' , पोखरा क्यापसले सार्वजनिक गरिसकेको छ ।

सप्ताहको पहिलो दिन पृथ्वीचोक देखी चिप्लेढुंगा सम्म र्‍याली त्यसैगरी विभिन्न स्थान : पृथ्वी चोक-चिप्लेढुंगा -हल्लन चोक - बाराही चोकमा वन्यजन्तु संरक्षण जनचेतना फैलाउने फ्ल्यास मोब देखाउन कार्यक्रम गरेर सप्ताह मनाउने सार्वजनिक भएको छ ।

दोस्रो दिनमा चमेरो अनुगमन गर्ने कार्यक्रम रहेको छ ।त्यस्तै, तेस्रो दिनमा भुर्जुङखोला खोलाको क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

चौथो,दिनमा बिद्यार्थीको लागि निबन्ध र चित्रकला जस्ता कार्यक्रम  पनि सो अवसरमा आयोजित हुनेछ ।

यस्तै , पाँचौँ दिनमा रुख पहिचान र चुरे संरक्षण अन्तक्रिया कार्यक्रम रहेको छ ।

छेठौं दिनमा ,  ग्रिन हाइकिङ  र अन्तिम दिनमा  उत्कृष्टलाई पुरस्कार वितरणको  सँगै  कार्यक्रम समाापन हुने छ ।

वन्यजन्तु सप्ताह केन्द्र सहित सबै सरक्षित क्षेत्रहरूमा मनाइन्छ । २०५३ साल देखी नेपालमा विभिन्न नाराका साथ निरन्तर रूपमा  वन्यजन्तु सप्ताह मनाइँदै आइएको छ । वन्यजन्तुको महत्व र संरक्षणमा अघि बढ्ने नै यस सप्ताहको मुख्य उदेश्य हो ।

सरकार र विभिन्न संरक्षण सम्बन्धी संस्थाको सहभागितामा वन्यजन्तु सप्ताह आयोजना गरिन्छ ।

पछिल्लो समयमा वन्यजन्तु सप्ताहमा पछिल्ला पुस्ता विशेष गरी स्कुलका विद्यार्थीलाई निबन्ध र चित्रकला लगायताको काय्रकममा सहभागी गराई उनीहरूको क्षमता अभिबृद्धिमा जोड दिएको देखिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics