बेहोस अवस्थामा उद्धार गरिएको चितुवा मर्‍यो



दमौलीमा बेहोस अवस्थामा उद्धार गरिएको एक चितुवाको मृत्यु भएको छ । स्थानीयले समातेर वन कार्यालय तनहुँलाई बुझाएको चितुवाको कार्यालयमै ज्यान गएको हो ।

उक्त चितुवालाई स्थानीयले तनहुँको पूर्कोट बाईसजाँगरबाट बेहोस अवस्थामा भेटेका थिए ।

वन अधिकृत अम्बिका पौडेलल स्थानीयकै सहयोगमा वन कर्मचारीले उद्धार गरेका चितुवालाई उपचारको प्रयास गर्दागर्दै ज्यान गएकोे बताए ।

‘उपचारका लागि पशु कार्यालयलाई अनुरोध गरेका थियौं,’ उनले भने,‘उनीहरु नआइपुग्दै ज्यान गएछ ।’

चितुवालाई कुनै विषाक्त पदार्थ दिएको ठानिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics