रारा तालबाट देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन



प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्ष उद्घाटनका लागि मुगुको रारा गएका छन । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो बाग्लुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन कार्यक्रम तय गरिएको छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यहाँबाट उनले विद्यालय भर्ना अभियान सुरुवात गर्ने पनि जनाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics