यस्तो हुँदै छ चितवनमा वन्यजन्तु सप्ताह

A+ A-



चितवनमा ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ ।

हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रम विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको हो ।

पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताह अन्तर्गत यसपाली एक हप्तासम्म विभिन्न १० वटा कार्यक्रम आयोजना गरिने छ ।

सरसफाइ, सचेतनामूलक कार्यक्रम र संरक्षण सम्बन्धि विभिन्न प्रदर्शनी आयोजना हुँदै छन् । यस्तै वन्यजन्तुको आनीबानी, बच्ने उपाए तथा डढेलो नियन्त्रणका कार्यक्रम र जिप सफारी लगायतका कार्यक्रम हुँदैछन् ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणीय कृषक मञ्च, विभिन्न सामुदायिक वन, नेचर गाईड एशोसिएसन तथा वर्ड एजुकेसन सोसाइटीलगायत सौराहाका विभिन्न संघ संस्थाको सहभागितामा वन्यजन्तु सप्ताह मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics