वनका विद्यार्थीको चरा मोह

शनिवारदेखि देशैभरी साताव्यापी वन्यजन्तु सप्ताह चलिरहेको छ । देशभरका निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रसहित राजधानीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षण सहयोगी संस्थाहरूसँग मिलेर विविध जनचेतनामुलक अभियान चलाईरहेको छ । सप्ताहको दोस्रो दिन आइतबार चराको राम्रो वासस्थान भएको गोदावरी–फुलचोकीमा चरा अवलोकन (बर्ड वाचिङ)कार्यक्रम आयोजना भयो । चरा संरक्षण र अनुसन्धानमा सक्रिय नेपाल पन्छी संरक्षण सघं (बीसीएन)ले संयोजन गरेको कार्यक्रममा वन पढ्ने विद्यार्थीदेखि चराप्रेमीको उत्साहजनक उपस्थिति रहयो ।

काठमाडौँ फरेष्ट्री कलेज (क्याफकल) का विद्यार्थीले चाखपूर्ण तरिकाले झन्डै तीन घण्टा चरा अवलोकनका साथै पहिचान गरे । विद्यार्थी र चराप्रेमीलाई विभाग र बीसीएनले तीन समूहमा चरा अवलोकनका साथै पहिचान गरायो ।

चरा अनुसन्धानमा लामो समय काम गरेका बीसीएनका विज्ञहरू ज्योतेन्द्र ठकुरी, बीसीएनका महासचिवसमेत रहेका विमल थापा र टेक घर्ती मगरले विद्यार्थी र चराप्रेमीलाई गोदावरी–फुलचोकी क्षेत्रमा चरा अवलोकन र पहिचान गराए । क्याफकलका डिप्लोमा र ब्याच्लर लेभलका विद्यार्थी सहभागी थिए । क्याफकलका शिशिर पौडेले चराको आवाज सुनेर नौंलो अनुभूति भएको अनुभव सुनाए । ‘यो मेरो पहिलो पटकको चरा अवलोकन हो,’ शिशिरले भने, ‘छुट्टै संसारमा पुगेको अनुभूती भयो ।’ अर्की विद्यार्थी प्रिन्सा खतिवडाले नयाँ“ चराको नाम र तीनको आवाज सुन्दै प्रकृतिसँग हराउन पाउ“दा चराबारे ज्ञान बढेको अनुभव गरिन् । उनले भनिन, ‘अबदेखि चरा अवलोकनमा सहभागी जनाउने कोसिस गर्नेछु ।’

आइतबारको चरा अवलोकनमा ७० प्रजातिका चरा पहिचान भएको ज्योतेन्द्र ठकुरीले बताए । यहाँ“ ३२५ प्रजातिका चरा पाइन्छन् । '

बर्ड वाचिङका केहि झल्कहरु :















 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics