कृषि पुरस्कार गहुँबाली विज्ञ मदन भट्टलाई

गहुँबालीको विभिन्न जातहरूको विकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदानको कदर गदैं मदन राज भट्टलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार प्रदान गरिएको छ । गहुँबालीको विभिन्न जातहरूको विकास गरी कृषि अनुसन्धान तथा प्रविधि प्रशारण कार्यमा उत्कृष्ट योगदान पुर्‍याए बापत बैतडीका वरिष्ठ वैज्ञानिक मदन राज भट्टलाई रु एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशिको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१७ प्रदान गरिएको हो ।

उनी तीन दशक सम्म राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजनन्कर्ता तथा संयोजकको रूपमा कार्यरत रहेका थिए । भट्टले स्वदेशमानै सन् २०१० मा विकास गरेको कालो सिन्दुरे रोग नलाग्ने (विजय ) नामक गहुँको जातले नेपालमा २० प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेको कार्यलाई दक्षिण एसियामै उदाहरणीय सफलताको रूपमा लिइन्छ ।



संसारभर २९ देशका ३५ जना प्रतिस्पर्धी कृषि वैज्ञानिकहरूलाई उच्छिन्दै विजय गहुँको जात विकास गरेकाले मदन राज भट्टलाई विश्वमै हरितक्रान्तीका पिताले परिचित डाक्टर नर्मन बोर्लागको नाममा स्थापित बोरलगको रिप्लिका सहित एक प्रमाणपत्र सन् २०१२ , चीनमा प्रदान गरिएको थियो ।

सो उपलब्धिबापत नेपाल सरकारले पनि भट्टलाई कदरपत्र सहित  दुइलाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो ।  प्रजनन्कर्ताको रूपमा भट्टको नेतृत्वमा नेपाल २९७, बीएल १०२२, बीएल ११३५, भृकुटी, अन्नपूर्ण ४, अच्युत, रोहिणी, कान्ती, बी०एल १४७३, गौतम, आदित्य, एनएल ९७१, विजय, धौलागिरी, गौरा र डांफे गरी १६ वटा गहुँबालीका जातहरू सिफारिस गराउन सफल भएको र यी गहुँका जातहरू धेरैजसो नेपाली किसानहरूले व्यापक रूपमा खेतीगर्दै आएका छन् ।

धेरै जसो भूपरिस्थितिकिय आवहवामा खेतीगर्न सकिने भएकोले नेपालमा खेतिगरिने सम्पूर्ण गहुंबालीको क्षेत्रमध्ये ६० प्रतिशतभन्दा बढी जमिनमा नेपाल २९७, भृकुटी, बीएल १४७३ र गौतम नामक गहुँका जातहरूले ढाकेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics