घडियाल संरक्षणकालागि काब्य उत्सव

A+ A-



नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते घडियाल काब्य उत्सव गर्न लागिएको छ ।

सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि यो उत्सव मनाउन लागिएको हो ।

अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काब्य उत्सवको आयोजना गर्न लागएको हा आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ ।

तयारी अन्तिम चरणमा पुगेको नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकको आँखामा साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काब्य उत्सवको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics