रुखले थिचेर महोत्तरीमा १ जनाको मृत्यु



मंगलबार राति आएको हावाहुरीले ढलेको रुखले लागेर महोत्तरीमा १ जनाको ज्यान गएको छ ।

भगाह नगरपालिका ५ सितापुरस्थित सडक छेउमा रहेको रुख हावाहुरीले ढाल्दा १ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले दिएको जानकारी अनुसार मृतकको पहिचान हुन सकेको छैन ।रुख धेरै पुरानो र ठूलो भएकोले मृतकको शव अझै बाहिर निकाल्न सकिएको छैन ।

रुख हटाएर मृतकको शव निकाल्ने प्रयास भइरहेको र अरु पनि किचिएर ज्यान गएको हुनसक्ने भंगहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिए ।

यसैबीच, पानीसँगै आएको हावाहुरीले महोत्तरीका विभिन्न स्थानको विद्युत्त सेवा अवरुद्ध भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics