डा. जोशी लिखित कृषि अर्थतन्त्र, बिकास चुनौती र अवसर सार्वजनिक


डा. गणेशराज जोशीद्वारा लिखित नेपालको कृषि अर्थतन्त्र, बिकास चुनौती र अवसरहरु नामक पुस्तक सार्वजनिक भएको छ ।
पुस्तक पूर्व प्रकाशित लेखहरुको समीक्षा, प्रकाशित तथा अप्रकाशित तथ्यांङ्क एवं जानकारीको बिश्लेषण र लेखकको आफ्नै अध्ययन र अनुभवमा आधारित छ । यो पुस्तकलाई १४ खण्डमा बिभाजन गरिएको छ । पहिलो खण्डमा नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रको परिचयात्मक प्रस्तुति छ भने दोस्रो खण्डमा बिभिन्न आवधिक योजनाहरु – प्रथम पञ्चबर्षिय योजना देखि चौधौं योजना (प्रथम बर्ष) मा कृषि क्षेत्रका बिकासका लागि अवलम्वन गरिएका नीति तथा रणनीतिहरु र तिनिहरुको कार्यान्वयन अवस्था, आर्थिक बृध्दिदर एवं संवन्धित कार्यक्रमहरुको लक्ष्य तथा उपलब्धि र कार्यान्वयनमा देखा परेका अवरोधहरुको लेखाजोखा गरिएको छ । दिगो अनुसन्धान तथा बिकास केन्द्रबाट प्रकासित ३७४ पृष्ठको यो पुस्तक शनिबार (बैसाख ८ गते) सम्माननिय सभामुख कृष्ण बहादुर महराबाट बिमोचन भएको छ । यसको समिक्षा डा. यम बहादुर थापा र डा. माधव कार्कीले गरेका थिए ।




लेखक डा. गणेशराज जोशी

खण्ड ३ मा बिभिन्न समयाबधिमा नेपालको आर्थिक एवं कृषि क्षेत्रका उपक्षेत्रहरुको बृध्दिदर प्रस्तुती छ भने नेपालका मुख्य बालीहरुको उत्पादकत्व र उत्पादन साधनको प्रयोगस्तर अन्य राष्ट्रहरुसंग तुलना गर्दै बिगत ४० बर्ष भन्दा बढि अवधिमा बन, सिंचाई, कृषि र भुमिसुधारमा सरकारी स्रोत एवं बैदेशिक सहायता बिनियोजनको बृध्दि तथा परिवर्तनको अवस्था, कृषि क्षेत्रको रुपान्तरण संवन्धि जानकारी, र नेपालको कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा प्रविधिहरुको योगदानको बिश्लेषण गरिएको छ ।
चौथो खण्डमा नेपालको ब्यापारको आधारभुत जानकारी प्रस्तुत गरिनुका साथै बाणिज्य नीति र नेपालको द्विपक्षिय र बहुपक्षिय ब्यापार खासगरि कृषि ब्यापारको चर्चा गरिनुका साथै भारत लगायत सार्क मुलुक तथा तेस्रो मुलुकहरुमा हुने निर्यात ब्यापारको लेखाजोखा गरि संभाब्य क्षेत्रहरुमा निर्यात बढाउन बिभिन्न सिफारिस गरिएको छ ।
खण्ड ५ मा कृषि उध्योग र कृषि ब्यबसायको बिकासमा सघाउ पुर्याउने नीतिहरु एवं उपलब्ध बैदेशिक लगानी संवन्धि प्रस्तुती गर्दै कृषि ब्यबसायले भोगेका समस्या तथा चुनौतीहरुको चर्चा एवं यसको बृध्दिको लागि गर्नु पर्ने कार्यहरु उल्लेख गरिएका छन् । नेपालको खाध्य सुरक्षा तथा खाध्य संप्रभुता संवन्धि नीति, खाध्य सुरक्षा तथा पोषणको स्थिति, र उपलब्धता, पहुंच, उपयोग र स्थायित्व अब्यबको बिश्लेषण छैठौं खण्डमा गरिएको छ ।
कृषि क्षेत्रको सुधार को ऐतिहासिक पृष्ठभुमी र यसको आवश्यकताबारे खण्ड ७ मा उल्लेख गर्दै नेपालमा बिगतमा गरिएका कृषि गणनामा भुमिको बितरण संवन्धि तथ्यांकहरु प्रस्तुत गरिएको छ । साथै भुमिको बितरण स्तरको कारणले खाध्य सुरक्षा र जिबिकोपार्जनमा पर्न सक्ने असरहरु को समेत उल्लेख गरिएको छ । नेपालमा पर्यटनको बर्तमान अवस्था, बिगत ५० बर्षहरुमा पर्यटकहरुको आगमन स्थिति, पर्यटनको प्रवर्धनका लागि अवलम्वन गरिएका बिभिन्न नीतिहरु, कृषि पर्यटनको कार्यक्षेत्र, पर्यटन क्षेत्रले भोग्नु परेका समस्याहरु को चर्चा तथा बिश्लेषण गर्दै भविष्यमा कृषि पर्यटनको प्रवर्धन तथा बिकासको कार्य्दिशा खण्ड ८ मा दिईएको छ ।

कृषि(बनको बिकास, नेपालमा यसको अवस्था तथा महत्व उल्लेख उल्लेख गर्दै कृषि र बन संग संवन्धित केहि नीति तथा रणनीतिहरुको सवल र दुर्वल पक्ष, अवसर तथा चुनौती हरुको समेत बिश्लेषण गरिएको छ । साथै कृषि (बनको एकिकृत बिकासका लागि हुनु पर्ने सुधारका पक्षहरुको पहिचान गरिएको छ । नेपालमा जलबायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्न सक्ने असरहरुको बारेमा खण्ड १० मा चर्चा गरिएको छ । जलबायु परिवर्तनका प्रभाव न्युन गर्न तर्जुमा गरेका नीति तथा रणनीतिहरु, एवं योजना र कार्यक्रमहरु प्रस्तुत गर्दै भबिष्यमा नेपालले अनुकुलन र न्युनिकरणमा गर्नु पर्ने कार्यहरु सुझावको रुपमा दिईएको छ । नेपालको कृषि अनुसन्धानको बर्तमान अवस्था, यसले भोगेका समस्या तथा चुनौतीहरु र प्राप्त हुन सक्ने अवसरहरुको बिश्लेषणात्मक प्रस्तुति खण्ड ११ मा गरिएको छ ।



नेपालमा बित्तिय संस्थाहरुको बिकास तथा तिनिहरुबाट कृषि क्षेत्रमा प्रबाहित ऋणको अवस्थाबारे खण्ड १२ मा उल्लेख छ । भुमिको आकार र ऋण उपलब्धता एवं तिनका स्रोतहरु संवन्धमा नेपालको बिगत कृषि गणनाबाट प्राप्त तथ्यांक बिश्लेषण गरिनुका साथै कृषि ऋणका संवन्धमा बिभिन्न आर्थिक बर्षहरुमा उल्लेखित मौद्रिक नीतिका ब्यबस्थाहरुको कार्यान्वयन समिक्षा गरि कृषक एवं उध्यमिहरुको बित्तिय आवश्यकता पुरा गर्ने सवन्धमा केहि सुझावहरु समेत प्रस्तुत गरिएको छ ।
खण्ड १३ मा नेपालमा कृषिक्षेत्रसंग संवन्धित संस्थागत बिकास एवं कृषि प्रसार तथा सेवा प्रबाहका लागि अवलम्बन गरिएका पद्दतिहरुको बिबेचना गरिएको छ । साथै अनियमितता, भ्रष्टाचार, सुशासन तथा सेवा प्रबाहसंग संवन्धित उपलब्ध सुचनाको समिक्षा गरिएको, संघियता अन्तरगत संघ, प्रदेश र स्थानिय तहका कृषि, बन, भुमिसुधार र सिंचाई उपक्षेत्रका अधिकारहरुको बिभाजनमा हुन सक्ने द्विबिधा एवं सो बाट सेवा प्रबाहमा पर्न सक्ने प्रभावको समिक्षा गर्दै त्यस्ता द्विबिधा हटाउन सुझावहरु प्रस्तुत गरिएको छ ।
अन्तिम खण्ड १४ मा कृषि क्षेत्रका चुनौतीहरु, आर्थिक बृध्दि, रोजगारि तथा गरीवि निवारण र खाध्य सुरक्षा प्रवर्धनसंग संवन्धित अवसरहरुस र चुनौतीहरुको सामना एवं संबोधन गर्दै उपलब्ध अवसरहरुको पूर्ण रुपमा उपयोग गर्न अवलम्बन गर्नु पर्ने नीति तथा रणनीतिहरु एवं कार्यक्रमहरु उल्लेख गरिएको छ । यो पुस्तक नीति निर्माता, सोधकर्तारअनुसन्धानकर्ता, बिध्यार्थी, पेशागत बिज्ञहरु, एवं नेपालको अर्थतन्त्र तथा कृषि क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगि हुने बिश्वास लिईएको छ । डा. जोशी नेपालको कृषि अर्थतन्त्रका विज्ञसमेत हुन् । कृषि तथा वातावरण मन्त्रालय नेतृत्व गरेका  डा. जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics