नेपाललाई हरियाली बनाउँन गोष्ठी



काठमाडौँमा अगामि बैशाख १२ देखी १३  गते सम्म ‘नेपाललाई हरियाली बनाउँ ’  नामक दुई दिने गोष्ठी आयोजना हुने भएको छ ।

सप्रोस नेपालले जैविक कृषि , नविकरिणय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि र पर्यावरण सम्बन्धी काम गर्ने व्यति र संस्थाको अनुभवलाई आदान प्रदान गर्न गोष्ठी आयोजना गरेको  हो ।

‘नेपाललाई हरियाली बनाउँ ’  गोष्ठीको नारा हरियो नेपाल ,समृद्ध नेपाल रहेको छ ।

राष्ट्रिय र  अन्तर्राष्ट्रिय कृषि  विज्ञ समेत गोष्ठीमा सहभागी हुनेछन् । आयोजकको अनुसार विज्ञहरू दक्षिण अमेरिका र अष्टेलियाबाट पनि सहभागी हुने पक्का भइसकेको छ  ।

‘नेपाललाई  हरियाली बनाउने यो सप्रोस नेपालको यो दोसो सम्मेलन हो । यसभन्दा अघि सन २०११मा भएको गोष्ठीलाई निरन्तरता दिँदै यो आयोजना गरिएको ।

नेपाल सरकारको २०३० सम्म ग्रिन कृषि बनाउने उदेश्यलाई सहयोग पुर्‍याउने यो  गोष्ठीको मुख्य लक्ष्य रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics