मानव– वन्यजन्तु द्वन्द्व र दिगो संरक्षण

A+ A-



महाकवी लक्ष्मी प्रसाद देवकोटाले आफ्नो निवन्ध ‘ के नेपाल सानो छ ’ ? मा भनेझैँ विश्वमा नेपाल क्षेत्रफलका हिसावले सानो छ तर विविध विविधताले सम्पन्न छ । जात, धर्म, संस्कृति देखि लिएर भूगोल, हावापानी र जैविक विविधता । जैविक विविधताको दृष्टिमा नेपाल एशियामा ११ औँ र विश्वमा २५ औँ धनी राष्ट्रमा पर्दछ । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा पत्ता लागेका वनस्पति प्रजातिहरु मध्ये ३.३% (१२ हजार ४ सय ८०) प्रजाति र जीवजन्तु प्रजातीमध्ये १.१% (११ हजार ७ सय ६) प्रजाति नेपालमा पाइन्छन्।

आधुनिक जीवविज्ञानका पिता चाल्र्स डार्विनलेआफ्नो पुस्तक 'द ओरजिन अफ ईस्पेसिस 'मा    भनेअनुसार पृथ्वीको उत्पत्ति पछि जीवजन्तु हुँदै पछि मात्रै मानव प्राणीको उत्पति भएको हो । वास्तवमै हाम्रो पुर्खा बाँदर –जनावर हो । मानव जाति र वन्यजन्तुको सम्बन्ध सदिऔँ देखिएको हो । उहिले वन्यजन्तु र मानवविच सांस्कृतिक धार्मिक सम्बन्ध थियो । वन्यजन्तुलाई विभिन्न देवीदेवताका अवतार र शक्तिका रुपमा पूजा गरिन्थ्यो । जस्तै : बाघलाई दुर्गामाता र हात्तिलाई गणेश भगवानको अवतारका रुपमा पूजा गरिन्थ्यो । यसले वन्यजन्तु संरक्षणमा विशेष महत्व राख्दथ्यो तर अहिले मानव र वन्यजन्तुको सम्बन्ध ठीक उल्टो भएको छ । जनसंख्या बढ्दो क्रममा छ भने वन्यजन्तु घट्दो क्रममा छन्। पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव आज वातावरण र वन्यजन्तुविनाशको प्रमुख पात्र भएको छ । केही मानिसकालागि वन्यजन्तु बोझ भएका छन् ।शत्रु भएका छन् ।

आखिरमा वन्यजन्तु हाम्रा शत्रु कहिल्यै थिएनन्र कदापि हुन सक्दैनन्। बरु उनीहरु मानव अस्तित्वका प्रमुख हिस्सा हुन्। एउटा स्वस्थ पारिस्थितीय प्रणालीको लागि सम्पूर्ण जीवजन्तुहरु उत्तिकै जिम्मेवार हुन्छन् । खाद्यय चक्रले उनीहरुलाई एउटा साझा जालोमा गाँसेको हुन्छ । जहाँ एक पक्षलाई केही असर परे सम्पूर्ण जालो नै तहसनहस हुनसक्छ । बाघ हात्ती गैंडा र मानव यस जटिल जालोका प्रमूख पात्रहरु हुन् । स्वस्थ पारिस्थितीय प्रणाली, स्वस्थ वातावरणको प्रतीक हो । स्वस्थ वातावरण, स्वस्थ जीवनको आधार हो । सन् १९०० मा १ लाखको हाराहारीमा रहेको बाघ आज प्राकृतिक बासस्थानको विनाश, चोरीशिकारी र आहारा प्रजातिकोकमीले ३८९० मा झरेको छ । हाल नेपालमा बाघ १९८ मा पुगेको छ।

नेपालमा मानव– वन्यजन्तु वन्यजन्तुलाई जिस्काउदा पनि आक्रमण गर्छन । मानव– वन्यजन्त र मानव – संरक्षणकर्मीबीचको द्वन्द् आज संरक्षणमा चुनौती बन्दै गएको छ । हप्ता पिच्छे आजभोली मानव– वन्यजन्तुका घटनाहरु बढ्दैगएका छन्। जसबाट मानवीय मृतु, घाइते र धनवालीको प्रशस्त क्षति भएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग मात्रै १७ वर्षको अन्तरालमा १५८ जनाको वन्यजन्तु (गैँडा, हात्ति, बाघ) बाट मृतु भएको तथ्याङ्क छ । त्यस्तै बर्दिया रास्ट्रिय निकुन्जसँग २०५८ साल यता वन्यजन्तुवाट ३७ जनाको मृतु भएको तथ्याङ्क छ ।

बढ्दो जनसंख्या, सहरीकरण , वनफडाँनी /अतिक्रमण र खुल्ला चरिचनले वन्यजन्तुका वासस्थान मासिदै गएको छ । आहारामा कमि आएको छ । पानीका श्रोतहरु सुक्दै गएका छन् । ठूला विकास निर्माण तथा पूर्वाधार निमार्णले वन्यजन्तु हिड्ने बाटाहरु (जैविकमार्ग) को विनाश भएको छ । मानव आफ्नो आहाराको लागि वन्यजन्तुको आहारा खोस्छ,आफ्नोबासस्थानको लागि उसको वासस्थान खलबल्याउन्छ । आफ्नो सडक निमार्णको लागि वन्य जन्तुको जैविक मार्ग हनन गर्छ ।

मानवले आफ्नो अधिकारको लागि वन्यजन्तुको अधिकार नै खोसदिए पछि विचरा निमुखा वन्यजन्तुले आफ्नो अधिकारको लागि के गर्ने ? अनि अन्तिम विकल्पका रुपमा ऊ (वन्यजन्तु) मानव वस्ती छिर्न बाध्य हुन्छ । अन्तत्वोगत्वा मानव वन्यजन्तु विच वन्यजन्तुलाई जिस्काउदा पनि आक्रमण गर्छन हुन्छ ।

स्मरण होस्वन्यजन्तु पनि शान्ति प्रिय हुन्छन्। उनीहरुसँग पनि चेतना हुन्छ । जब ऊ मानवबाट असुक्षित हुन्छ तब मात्र उसलेप्रतिरक्षाको लागि आक्रमण गर्छ । वन्यजन्तुलाई जिस्काउदा पनि आक्रमण गर्छन । आज मानव (स्थानिय जनता ) र संरक्षणकमीबिचको द्वन्द्व पनि नेपालमा बढ्दै गएको छ । स्थानियमा जनतामा यस्तो भ्रम छ कि वन्यजन्तु भनेका निकुञ्ज÷ आरक्ष र संरक्षणकर्मीका मात्रै हुन्। कसैले त संरक्षणकर्मीलाई तपाइँका वन्यजन्तु भनेर सम्बोधन गर्दछन्। कतिपयले संरक्षणकर्मीलाई कुदृष्टिले हेर्ने गरेको पाइन्छ । संरक्षणकर्मी र स्थानिय जनता बिच झडपका घटनाहरु संचार माध्यममा आइरहेका हुन्छन्।

मानव र संरक्षणकर्मीबीच द्वन्द्वले चरम रुप लिएर स्थानियबाटैसंरक्षणकर्मीको हत्या भएका दुखद घटनाहरु हाम्रा सामु छन्। मानव –संरक्षणकर्मी विचको द्वन्द्व समाधान नगरी मानव ( वन्यजन्तु द्वन्द्व समाधान गर्न सकिदैन । संरक्षणकर्मीहरु आफ्नो ज्यानलाई जोखिममा राखी संरक्षणको महा अभियानमा खटिएका हुन्छन् । वन्यजन्तु संरक्षणको सिद्धान्तले नै मानवलाई वन्यजन्तु संरक्षणमा प्रत्यक्ष सहभागि गराउनुपर्छ भनेको छ । आखिरमा वन्यजन्तु हाम्रा साझा सम्पत्ति हुन्। स्थानीय जनताले यो बुझ्नु पर्छ कि संरक्षणकर्मी आखिर हाम्रै लागि हुन्। स्थानिय जनताले वन्यजन्तु र संरक्षणकर्मीलाई बुझ्दिए , संरक्षणकर्मीले स्थानीय जनतालाई बुझ्दिए संरक्षणमा ठूलो सहयोग मिल्छ ।

वि .स. २०२६ बाट नेपालमा वन्यजन्तु संरक्षणको प्रयास सुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन वि.स.२०२९ मा आयो । हाल नेपालमा ११ वटा राष्ट्रिय निकुञ्ज २ वटा वन्यजन्तु आरक्ष ६ वटा संरक्षण क्षेत्र र १ वटा शिकार आरक्ष छन्। जसले नेपालको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भूभाग ओगटेका छन्। निकुञ्ज आरक्षको संरक्षण र उपयोग गर्न पाउने व्यवस्था गरी मध्यवर्ती व्यवस्थापन निमावली २०५२ आयो । अहिले सम्म नेपालमा १३ वटा मध्यवर्ती क्षेत्रहरु घोषणा भएका छन्।

मध्यवर्ती क्षेत्रका जनताको संरक्षण सम्बन्धी ज्ञानको अझैँ अभाव रहेको छ । बालीविनास गरेपछि स्थानीयले वन्यजन्तुलाई घाइते बनाउने हत्या गर्ने गरेका कुरा हाम्रा लागी नौला होइनन् । भर्खरै पर्सा वन्यजन्तु आरक्षबाट बाहिरिएको बाघ ह्रिंसक भयो भन्दै निर्दोस बाघको स्थानीय र प्रहरी प्रशासनबाट हत्या गरियो, यो अत्यन्तै दुखद घटना हो । बाघ मार्नु पक्कै पनि समस्याको अन्तिम विकल्प होइन ? २ महिना अघि मात्रैबर्दिया राष्ट्रिय निकुञ्जमा यात्रु बसको ठक्करबाट बाघको मृत्यु भए पछि देशै भरिबाट मिश्रित प्रतिक्रियाहरु आए यो घटनाले धेरै जसोले दुःख प्रकट गरे, कसैलेखुसी प्रकट गर्दै अझैँअरु बाघहरु पनि यसै गरी मरेका भए हुन्थे भन्ने प्रतिक्रिया जनाए । त्यस्तै वन्यजन्तुले गाई वस्तु मारेपछि सिनोमा ‘डाइक्लोफिन’ विषादी हाली सिनो निकुञ्ज आरक्षहरु भित्र छोडिदिनेनराम्रा प्रवृतिहरु छन्। यी त मानव–वन्यजन्तु द्वन्द्व प्रतिनिधी घटनाहरु हुन्। पीडित जनतामा वन्यजन्तप्रति बदला र प्रतिशोधको भावना बढ्दै गएको छ । तसर्थ वन्यजन्तु मानव विचको द्वन्द्व संरक्षणको एक प्रमुख चुनौती भएको छ । वन्यजन्तु प्रति बदला र प्रतिशोधको भावनाले वन्यजन्तु संरक्षण कदापि हुन सक्दैन ।

स्थानीय जनतामा वन्यजन्तुको महत्व, आवश्यकता र यसबाट हुने अवसरहरु सम्बन्धी जनचेतनाको विकास गर्ननितान्त आवश्यक छ । स्थानीयलाई संरक्षण कार्यमा प्रत्यक्ष सहभागी गराउनु पर्छ । आरक्ष निकुञ्ज भित्रका रोजगारीका अवसहरुमा उनीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । जसबाट उनीहरुको आय आर्जन बढ्छ भने उनीहरुमा वन्यजन्तुप्रति माया भाव र निकुञ्ज आरक्ष प्रति अपनत्वको भाव पनि बढाउछ । वन्यजन्तुलाई जीवीत राखे पो हाम्रो पनि संरक्षण हुन्छ । निमुखा वन्यजन्तुको हत्या गरी कसरी शोख र सान मिल्छ ? वन्यजन्तु चोरी शिकारीलाई स्थानिय तहबाटै नियन्त्रण र निरुत्साहित गर्ने अभियान चलाउनु पर्छ । एक वर्ष अघि मात्रै चितवन राष्ट्रिय निकुञ्जमा देशका सबै संरक्षित क्षेत्रहरुबाट ल्याइएका सयौँ वन्यजन्तुका अंग ÷आखेटोपहार जलाएर नष्ट गरियो यसले मृत वन्यजन्तुको कुनै महत्व छैन भन्ने सन्देश अन्तराष्ट्रिय स्तरमै प्रवाह ग¥यो । सर्ववितितै छ, मध्यवर्ती क्षेत्रका जनताको जीवीकोपार्जनमा उल्लेख्य सुधार नभई, गरीबी न्यूनिकरण नभई संरक्षण अभियान सफल हुन सक्दैनन्। त्यसैले राज्य तथा संरक्षणमा लागेका निकायले यसलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा विशेष ध्यान दिनुपर्छ ।

नेपालमा वन्यजन्तु संरक्षण पुरानै ढाँचामा छ । ऐन निमावलीमा केहि सुधार, नयाँ अभ्याँस र नयाँ प्रविधिको आवश्यकता उत्तिकै जरुरी छ । हामी अझैँ सोलार जडित तारबार मै अल्झिरहेका छौँ । अमेरीकाले मेक्सीकोको सिमामा २००० माइल लामो पर्खाल लगाउन सक्छ भने के नेपालले आफ्ना संरक्षित क्षेत्रहरुमा, जैविक मार्ग र प्रवेश द्वारहरु बाहेकका सिमाहरुमा पक्की तारबार र पर्खाल लगाउने क्षमता राख्न सक्दैन र ? यस बिषयमा विशेस नीति कार्यक्रम तथा बजेटको तर्जुमा गर्न अब ढिलाई गर्न हुन्न । वन्यजन्तु मानव द्वन्द्वलाई निराकरण गर्नजीआईएस म्यापिङ्ग सफ्टवेयर र जीपीएस कलर ट्राकीङ्ग प्रविधिबाट वन्यजन्तुको नियमित अनुगमन गर्ने प्रविधि र साइरन एसएमएसयुक्त पूर्व सूचना प्रबिधिलाई प्रत्येक संरक्षित क्षेत्रहरुमा विस्तार गर्दै लैजानु पर्छ । त्यस्तै स्थानीयको जीवनशैली र पूर्वाधारहरु वन्यजन्तुमैत्री वनाउन आवश्यक छ । वन्यजन्तु आक्रमणलाई कम गर्न जनावरको आनीबानी र आतंकबाट बच्ने उपाय सम्बन्धी तालिमको त्यतिकै आवश्यक छ ।

वन्यजन्तु संरक्षणकालागि मानव (स्थानीय) र वन्यजन्तु संरक्षणमा लागेका संरक्षणकर्मी महत्वपूर्ण खम्बाहरु हुन्। वन्यजन्तु, मानव र संरक्षणकर्मीको त्रिपक्षीय भूजाकार सम्बन्धलाई मजबुत र सामञ्जस्यपूर्ण बनाएमात्र दिगो संरक्षण सम्भव छ । दिगो संरक्षण नै आर्थिक विकासको आधार हो । दिगो विकासको आधार हो । संरक्षण कार्यमा मानवलाई अलग राख्दा, मानवले वन्यजन्तुलाई आफ्ना शत्रु ठान्दा हाम्रै वातावरण हाम्रै भविश्य र हाम्रै अस्तित्वमा संकटमा पर्छ । वन्यजन्तुलाई उनीहरुकै प्राकृतिक वातावरणमा रमाउन दिनुपर्छ । संरक्षणको विकल्प संरक्षण नै हो । वन्यजन्तुलाई मित्र भावले हेरी उनीहरुप्रति माया र अपनत्वको भाव विकास गराउनु पर्छ । त्यसैले मानवको मात्रै हैन सिङ्गो पृथ्वीको अस्तित्वको लागि वन्यजन्तुको अस्तित्व कायम राख्न आजैबाट संरक्षणमा हातेमालो गरौँ । जय संरक्षण !!!

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics