असिनापानीले लाखौँको क्षति



असिनापानीले कर्णाली प्रदेशमा लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गनुपर्ने बताए ।

मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरेका छन् ।

यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गरेका हुन ।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics