म्याग्दीको गाईखर्क ताल संरक्षण सुरु



म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम सुरु भएको छ ।गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम सुरु गरेका हुन् ।

मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराइ बढाउन बाँध बनाउने काम सुरु गरिएको स्थानीय अगुवा भकबहादुर घर्तीले बताए । उक्त योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ ।

हाल ४६÷४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाई चौडाई बढाएर ५५/५५ मिटरको बनाउन लागिएका ेहो । क्षेत्रफलसँगै बाँध बनाएपछि गहिराइ पनि बढ्ने जनाइएको छ ।

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष पिपला बुढाथोकीले बताए ।

प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले ताल संरक्षणमा जोड दिइएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics