तीन गैँडा नियन्त्रणमा, एउटा पोथी गैँडाकाे खोजी



चीनलाई उपहारस्वरुप दिन लागिएको दुई जोडि गैँडा मध्ये अब एउटा पोथी गैँडा मात्र खोजी गर्ने बाँकी रहेको छ । निकुञ्जको अनुसार मंगलबार साँझ ५ः३०मा टोलीले निकुञ्जको सुखीभारबाट दुई वर्षको पोथी गैँडालाई डार्ट गरेपछि तीन वटा गैँडा नियन्त्रणमा भएका छन् ।

यस भन्दा अघि गत शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट दुई वर्षको एक भाले गैँडालाई नियन्त्रणमा लिएर खोरमा राखिएको थियो । बाढीबाट उद्धार गरिएको एक भाले गैँडालाई चीन पठाउने प्रस्ताव गरिएको छ । टोलीले अब धमाधम चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रतिर पोथी गैँडाको खोजी कार्य गरिरहेका छन् ।

गैँडाको रेकिको काम बैशाख ६ गतेबाट सुरु भएपनि तयारीको साथ भने बैशाख १३ गतेबाट गैँडाको खोजि सुरु भएको थियो । गैँडाको बच्चा चार वर्षसम्म आफ्नो आमासँगै हुने भएकोले लिंग पहिचान गरि नियन्त्रणमा लिन ग्राह्रो भएको अनुभव गैँडा खोजी कार्यमा सलंग्ज प्राविधिकहरूको छ ।

करिब तीन चार महिना खोरमा राखेपछि गैँडालाई चीन पठाउने तयारी रहेको छ। चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी अनुसार ५० जनाको हाराहारीमा टोली गैँडाको खोजी कार्यमा संलग्न छन् ।

बैशाख चार गते देखि नै नेपालको गैँडाको बारेमा प्रत्यक्ष समातेको हेर्न र थप बुझनको लागि चीनका पशु चिकित्सक नेपाल आएका छन् । चीनको पशु चिकित्सकले चितवन बसेर गैँडा समातेको र अन्य कुराको जानकारी लिइरहेका छन् ।

नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असारमा अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics