भारततर्फ तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा



महोत्तरी जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार शनिबार राति ९ बजेको जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा तस्करी गर्न लागिएको गाई, बाछाबाछीहरु प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics