मंगलबारदेखि मौसममा सुधार आउने

फाइल फाेटाे


पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट आएको वाफयुक्त वायुको (जलवाष्प) प्रभावका कारण राजधानीसहित देशभरको मौसममा परिवर्तन आउने क्रम जारी छ ।

जल तथा मौसम पूर्वामान महाशाखाका अनुसार पश्चिमको बादलको प्रभावले मौसम बढली भएको छ ।

मौसमविद् सुवास रिमालका अनुसार मंगलबारबाट फाटफूट केहि ठाउँमा वर्षा भएपनि मौसममा सुधार आउनेछ  । साँझतिर तराईमा पनि पानी पर्ने सम्भावना देखिएको छ ।

अहिले मौसमको प्रभाव पहाडमा अत्याधिक देखिएको छ । अहिले पहाड केन्द्रित बर्षा भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics