कञ्चनपुमा आगलागी, घरपालुवा जनावर र कुखुरा जलेर मरे

 



कञ्चनपुरमा   हावाहुरीका कारण छुट्टाछुट्टै ४ ठाउँमा विद्युत सर्ट भइ आगलागी हुँदा ७ लाख रुपैयाँभन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालिका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका ४ वटा बाख्रा र खोरमा राखिएका २० वटा स्थानीय जातका कुखुरा जलेर मरेका हुन्।

हावाहुरीका कारण विद्युत सर्ट हुँदा गोठमा अगालागी भएको हो। बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताए।

उता विद्युत सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४ सय कुखुराका चल्ला जलेर मरेका छन्। फार्म पूरै जलेर नष्ट भएको छ।

त्यस्तै, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा २ वटा गाईका बाच्छा जलेर मरेका छन्। लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

किसानले लगाएको केराखेतीमा समेत हावाहुरीले असर पुर्याएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics