भूकम्प गएको चार वर्षपछि सञ्चालनमा सिन्धुपाल्चोकको कारागार



भूकम्पपछि ध्वस्त भएको सिन्धुपाल्चोक जिल्लाको कारगार चार वर्षपछि सञ्चालनमा आएको छ ।भूकम्पबाट क्षति पुगेको कारागार बुधबारदेखि अस्थाई रुपमा सञ्चालन गर्न लागिएको सिन्धुपाल्चोक कारागारका प्रमुख नवराज सेनले बताए ।

जिल्ला प्रहरी कार्यालयको पुर्पक्ष कक्षमा राखिएका कैदीहरुलाई कारगारमा स्थानान्तरण गरिने तयारी भइरहेको जानकारी दिए  ।

भूकम्पमा कारगार भत्केको थियो । भूकम्पलगतै विभिन्न मितिमा १ सय १८ जना कैदी बन्दीहरु प्रशासनको सम्र्पकमा आए पनि अन्य कैदीहरु अझै फरार रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics