संरक्षण व्यवस्थापनमा अघि बढ्नुपर्ने : वन मन्त्री



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणको समूचित व्यवस्थापनमा अघि बढ्नुपर्ने वताएका छन् ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको २५ औँ स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित समारोहमा उनले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गर्ने वताए ।

उनले भने, ‘मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरु समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिक रुपमा महसुस गराउन आवश्यक छ ।’ प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उनले उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिए ।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा. घन गुरुङले दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics