विश्व वन्यजन्तुु कोषको रजत महोत्सव

विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको रजत महोत्सव मनाएको छ । नेपालमा कोष स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालमा विश्व वन्यजन्तु कोषले कार्यालय स्थापना गरेर काम थालेको शनिबार २५ औँ वर्ष पुगेको हो । सो अवसरमा आयोजित कार्यक्रममा कोषका नेपाल प्रतिनिधी डा. घनश्याम गुरुङले कोषले प्रकृति संरक्षण प्रमुख प्राथमिकता मानेर अघि बढिरहेको बताए ।

कोषले नेपालमा काम गरेको ५० वर्ष भएपनि कार्यालय स्थापना भएको २५ वर्ष पुगेको हो । हाल कोष विश्वका एकसय भन्दा बढी देशमा क्रियाशील छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics