११४ वटा प्रकृतिका मुद्दा दायर



आर्थिक वर्ष २०७३/७४ मा देशभरका राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रका तर्फबाट एक सय १४ वटा मुद्दा दायर भएको छन् । सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेको छ । जानाजान विभिन्न प्रविधिको प्रयोग गरी वन्यजन्तु मारेको अभियोगमा सरकारले दोषीहरूमाथि मुद्दा दायर गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा,बाघ,हात्ती,कस्तृरी मृग,ध्वांसे चितुवा वा गौंरीलाई मार्ने,घाइते बनाउने ,खरिद गर्न नपाइने उल्लेख छ ।

त्यसैगरी हस्तनन्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तृरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटपहार राख्ने खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई  पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैंयादेखि पाँच लाखरुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ । त्यस्तै संरक्षित शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनम देखि नौं महिनासम्म कैद वा दुवै सजाय , त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए भो वा बापत हुने सजाय समेत हुने हुने कानुनी व्यवस्था छ । ।

वन्यजन्तु विज्ञ नरेश सुवेदीले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने नसकेरेपनि यस्ता घटनाहरू धेरै हुने गरेको बताए । उनले भने, ‘घाँस,दाउरा, काठ लगायतका राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण बाहिर नै पाउने वातावरण सिर्जना गर्ने आवश्यक छ । जसले गर्दा उनीहरू भित्र छिर्ने वातावरण हुँदैन ।’

कतिपयले कानुन नजानेर पनि धेरै व्यक्तिहरू पैसाको लागि वन्य जन्तु मार्ने र घाइते बनाउने काममा सहभागी हुने सुवेदीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बँदेलको सिकार, निकुञ्जको ववई क्षेत्रभित्र जरायोको सुकुटी सहित पक्राउ, साल गोलिया —३ थान सहित पक्राउ, जरायो लखेटेर शिकार गरेको, मध्यवर्ती सामुदायिक वन भित्र चित्तलको मासु ३५ केजीसहित पक्राउ परको र सवारी साधनको ठक्करबाट चित्तल मारिएको अभियोगमा उक्त निकुञ्जको तर्फबाट २५ वटा मुद्दा दर्ता भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तर्फबाट १९ वटा मुद्दा दर्ता भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बँदेलको मासु १० केजी, निकुञ्ज क्षेत्रभित्रको बँदेलसहित दुई जना पक्राउ परेको, निकुञ्ज क्षेत्रभित्र माछा मार्न आएकोलगायतका अभियोगमा १९ वटा मुदा दर्ता भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा १९ वटा मुदा दर्ता भएको छ । व्याट्रीको प्रयोग गरी करेन्ट लगाएर माछा मारेको, मध्यवर्ती क्षेत्रभित्र पासोमा पारी चित्तल मारेको, मध्यवर्ती क्षेत्रभित्र अबैधरुपमा बँदेलको बच्चा चोरीनिकासी गरेको र मृत गोहोरा सहित फेला परेको अभियोगमा मुद्दा दर्ता भएको छ । २०७३ भदौं २१ गते मेधौली चितवनमा गैर कानुनी रुपमा माछा मारेको अभियोगमा १५ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ ।

सरकारी प्रतिवेदनअनुसार शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा सालकको खपडा, कालिज मारेको, निकुञ्जभित्र साईकलको ब्रेकको पासोजन्य हतियार सहित पक्राउ, निकुञ्ज क्षेत्रभित्रको पोखरीमा ब्लीचिङ्ग पाउडर हाली माछा मारेको र बिना अनुमति निकुञ्ज क्षेत्रभित्र संरचना निर्माण गरेको अभियोगमा १५ वटा मुद्दा परेका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ३ वटा मुद्दा दर्ता भएको छ । शे–फोक्सुण्डोमा वेवारिसे जटामसी १८ बोरा पक्राउ, जिम्बु ९० केजी पक्राउ र कुटकी १४० केजी पक्राउको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वीक्षेत्रको कोशीटप्पु वन्यजन्तु आरक्षको तर्फबाट ३ वटा मुद्दा दर्ता गराइएको छ । यो मुद्दामा १३ जना अभियुक्त व्यक्ति पक्राउ परेका छन् ।

कोशीटप्पुमा वन्यजन्तु आरक्षमा बालुवा चोरी निकाशी , विद्युतिय करेन्ट प्रयोग गरी अर्ना मारेको मुद्दा पनि दर्ता भएका छन् । २०७३ मंसिर ६ गते कोशीटाप्पु वन्यजन्तु आरक्षमा मध्यवर्ती क्षेत्रमा विद्युतिय करेन्ट प्रयोग गरी दुईवटा अर्ना मारेको अभियोगमा मुद्दा दायर भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा १२ वटा मुद्दा दर्ता भएको छ । सतुवा संकलन तथा ओसार पसार, कस्तृरी मृग, डाँफेलाई धराप पासो थापी चोरी शिकारी गरेको, कालिजको शिकार गरेको र वनजन्तु झारल तथा चरा शिकार गरेको लगायतको अभियोगमा दोषिलाई कारवाहीको दायरमा ल्याउन मुद्दा दायर भएको हो । यस्ता मुद्दासँग सम्बन्धित ३० जना अभियुक्तलाई पनि पक्राउ गरिएको छ।

पर्सा राष्ट्रिय निुकञ्जमा ७ वटा मुद्दा दर्ता भएका छन् जसमा १६ जना पक्राउ परेका छन् भने ४ जना फरार छन् । पर्सा राष्ट्रिय निकुञ्जमा अवैध सालको काठ ओसारपसार र गाडीको ठक्करबाट चित्तल मारेको अभियोगमा मुद्दा चलाइएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा तीनवटा मुद्दा दर्ता भएको छ । बाँकेमा चितुवाको छाला, सुन गोहोरो र सालका सहित पक्राउ परेर ९ जना व्यतिm पक्राउ परेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा ४ वटा मुद्दा दर्ता भएको छ । काठ काटेको, सतुवा जडिबुडी १० केजी पक्राउ, झारलको सिङ्ग र सतुवा सडिबुडी लगायतको अभियोगमा मुदा दर्ता भएको छ ।

लामटाङ्ग राष्ट्रिय निकुञ्जमा दुईवटा मुदा दर्ता भएका छन् जसमा रेडपाण्डाको चोरी शिकारी गरी छालासहित पक्राउ परेका छन् । रारा राष्ट्रिय निकुञ्जमा भुलभुले चेक पोस्टमा भालुको कलेजो १ थान सहित मुद्दा दर्ता भएका छ । रारा राष्ट्रिय निकुञ्जमा भालुको कलेजोसहित २ जना पक्राउ परेका थिए । मकालु वरुण राष्ट्रिय निकुञ्जमा सतुवा, कस्तुरीको रौं र खुरसहित पक्राउ ४ जना पक्राउ परि मुद्दा दर्ता भएका छन् ।

विभागको वार्षिक प्रतिवेदन अनुसार एक सय ३३ वटा घटनामध्ये ५ वटा घटना राजमार्ग सम्बन्धी दुर्घटनाको बिषयमा मुद्दा परेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics